image

ग्यास सिलिन्डरको एक्सपाएर डेट कसरी हेर्ने ?

ग्यास सिलिण्डरको एक्सपाएर हुने मिती कसरी पत्ता लगाउने?

– भान्साको सिलिन्डरमा दिएको यस्तो संकेत बुझ्न नसक्दा हुन्छ ग्यास बिस्फोट..!
तर होस्, पुर्याउनुस् है! हतपतको काम लतपत हुन्छ। खासै ख्याल नगरिने, एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती (एक्सपाइरी डेट) तोकिएको हुन्छ।

प्रश्न यो रहन्छ कि यो फलामको भाँडोको पनि अन्तिम मिती हुन्छ र?

LPG Gas Cylinder सिलिण्डरको मिती एक्सपाइरसंगै खतरा बढ्न सक्छन्।कुनै कारणबिना नै ग्यास लिक हुनु एउटा समस्या हो। कारण सिलिण्डर बिस्फोट पनि हुन सक्छ। त्यसैले सिलिण्डरको अन्तिम मिती सिद्धिएपछि त्यसलाई कदाचित प्रयोग गर्नुहुँदैन।

कहाँ हुन्छ सिलिण्डरको अन्तिमि मिति?
सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। हो, त्यही डण्डीमा यसको अन्तिम मितीलाई पेन्ट गरिएको हुन्छ।
त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ। त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।
A – जनवरी देखि मार्च
B – अप्रील देखि जून
C – जुलाई देखि सेप्टेम्बर
D – अक्टोबर देखि डिसेम्बर

उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ।
त्यसैले, अहिल्यै तपाईँको सिलिण्डरको अन्तिम मिती जाँच गरिहाल्नुस्। अनि अर्को चोटि ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिनुहोला।

यदि तपाईलाई किचनमा ग्याँस लिक‌‌ भएको शंका लागेमा सबैभन्दा पहिले झ्याल ढोका खोलेर हावालाई बाहिर जान दिनुपर्छ, यदि कोठामा रहेका स्विचहरु नचलाउनुहोला, बत्ती बलिरहेको छ भने पनि त्यसलाई बल्न दिनुस्, निभेको भए पनि नबाल्नुस्। स्वीच अन/अफ गर्नाले स्पार्क निस्किएर आगो लागिहाल्न सक्छ। त्यसैले ग्याँस लिक भएको कोठामा स्वीचलाई चलाउँदा पनि आगो लाग्न सक्छ भन्ने बारेमा जानकारी हुन जरुरी छ

Related Blogs

Frequently Asked Questions of Rijalco PVC, CPVC, HDPE Pipes.

September 29, 2024

Rijalco Tank 100-10000 Ltrs

September 29, 2024

Rijalco LPG gas

September 29, 2024
Scroll to Top